हातेमालोमा पौडेलको नेतृत्वमा नयाँ समिति

१४ मंसिर २०७६, शनिबार २०:१५

सिधाखबर \ हेटौंडामा २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थामा हरिप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । आज भएको १३ औं वार्षिक साधारण सभाबाट पौडेलको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा राजु ढकाल, सचिवमा केशव प्रसाद धिताल,कोषाध्यक्षमा सीताराम दाहाल चयन भएका छन्, । समितिको सदस्यहरुमा प्रमिला अर्याल, सुलोचना सापकोटा, दिपक प्रसाद दाहाल, भरत प्रसाद सापकोटा र अर्जुन विडारी रहेका छन्, ।

त्यस्तै आजैको सभाबाट लेखा समिति पनि नयाँ चयन गरिएको छ । लेखा संयोजकमा राजकुमार गोतामे र सदस्यहरुमा अच्युतप्रसाद ढुङगाना र रमेशप्रसाद चौलागाई रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*