रेडियो सन्देशमा बिज्ञापन बजाउनेलाई मलेसिया र सिङ्गापुर निशुल्क भ्रमण

१५ मंसिर २०७६, आईतवार १२:०३

हेटौडाबाट संचालीत रेडियो सन्देश १०६.९ मेगाहर्जले बिज्ञापनदाताहरुलाई मलेसिया र सिङ्गापुर भ्रमण गराउने भएको छ । बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वन र बिज्ञापनदातासंग दीर्घकालिन सम्बन्ध स्थापित गर्ने सोचकासाथ बम्पर अफर घोषणा गरेको रेडियोका अध्यक्ष सुनिल खडकाले बताए । उनका अनुसार यो कार्यक्रम्मा सहभागी हुन बिज्ञापनदाताले रेडियोलाई मासिक ८ हजारको बिज्ञापन एक बर्ष सम्म दिनुपर्ने छ र सो बिज्ञापन बजाए बापत यो भ्रम्मणमा निशुल्क सहभागी गराईने बताईएको छ ।

यसका लागी बिज्ञापनदाताले ६ महिनाको रकम अग्रिम बुझाउनु पर्ने समेत अध्यक्ष खडकाले बताए । रेडियोले गतबर्ष पनि थाईल्याण्डको बैंकक, पतैंया, आईल्याण्ड लगायत ऐतिहासिक पर्यटकिय स्थलहरुको निःशुल्क भ्रमण गराएको थियो । बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वन संगैं वैंदेशिक भ्रमणको पनि प्याकेज ल्याईएको सामुदायिक सञ्चार समुहका अध्यक्ष खड्काले जानकारी दिए । पहिलो चरणमा मंसिर महिनाभित्र बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई पुसको पहिलो साता बिदेश भ्रमणमा लगिने अध्यक्ष खड्काले बताएकाछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*