समाचारमा अश्लिल शव्द प्रयोग गरी कमेन्ट गर्ने पक्राउ पछि छुटे

१५ मंसिर २०७६, आईतवार १६:३०

हेटौँडा \  अनलाईनमा प्रकाशित समाचारमा अश्लिल शव्द प्रयोग गरी कमेन्ट गर्ने हेटौँडाका एक युवक माफी मागेपछि प्रहरी हिरासतबाट छुटेका छन् । हेटौँडा–१३ का २४बर्षीय बसन्त थोकरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । छाहारी नेटवर्कमा प्रकाशित समाचारमा अश्लिल शव्द प्रयोग गरी कमेन्ट गरेको भन्दै अनलाईकी संचालिका सरला अधिकारीले प्रहरीमा उजुरी दिएकी थिईन् । आइतबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा आफुले अश्लिल शव्द लेखेर गल्ति गरेको थोकरले स्विकारेका थिए ।

उनले आगामी दिनमा यस्तो कानून विपरितको काम आफुले नगर्ने प्रतिबद्धतासहित लिखित माफी मागेपछि उनलाई छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाले बताए । रिहा भएपछि थोकरले आफ्नो फेसबुकमा छाहारी नेटवर्क अनलाईनमा प्रकाशित समाचार खण्डन गर्दा सिंगो पत्रकारिता जगतमा असर पुगेकोले अब उपरान्त यो कार्य नगर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

यसअघि मकवानपुरको अनलाईनमा लेखेको समाचारमा पत्रकारलाई गाली गलौज गर्ने मनहरीका एक स्वास्थ्यकर्मी र पत्रकारलाई धम्क्याउने गढीका एकजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु पनि केही दिन प्रहरी हिरासतमा बसेर माफी गरेपछि छुटेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*