३८ जनाले लिए सहकारी शिक्षा

१६ मंसिर २०७६, सोमबार १६:५९

सिधाखबर \ हेटौंडा उपमहानगरपालिका वडा १३ पदमपोखरीका ३८ जना महिलाले सहकारी शिक्षा लिएका छन्, । महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत दुई दिने सहकारी शिक्षा शिविर सञ्चालन गरेको हो । शिविरमा ३८ जना शेयर सदस्यले सहकारीका विभिन्न क्षेत्रगत र पक्षका बारेमा शिक्षा लिएका छन्, ।

सहकारी संस्थाका अध्यक्ष एंव जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विष्णुमाया लामाले शिक्षा शिविरलाई सहजीकरण गरेकी छिन्, । सोमबार र मंगलबार सञ्चालन हुने शिविरले महिलाहरुमा सहकारी प्रतिको चासो, महत्व र आवश्यकता कस्तो रहन्छ भन्ने थाहा पाउन सकिने अध्यक्ष लामाले बताईन्, । शिविर पश्चात सहकारी प्रतिको नजर फरक रहने उनले बताईन्, । संस्थाले वार्षिक कार्ययोजना र कार्यक्रम अनुरुप विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*