बाग्लुङ जीप दुर्घटना : मृत्यु हुने १४ को सनाखत

१७ मंसिर २०७६, मंगलवार १५:०८

बाग्लुङ \ बाग्लुङमा कुलपुजाका लागि रिजर्भ गरेर गएको जीप दुर्घटना हुँदा मृत्यु हुने १४ को सनाखत भएको छ ।

मृत्यु हुनेमा इस्मा गाउँपालिका ३ की माया थापा, नवलपरासी बर्दघाट बस्ने भुमा कार्की, बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५ की लक्ष्मी केसी, इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्षीय सीता कार्की, इस्मा गाउँपालिका ४ की १० वर्षकी अनुस्का कार्की, इस्मा ४ वस्ने अन्दाजी ६५ वर्षका झवि कार्की, इस्मा ४ बस्ने ४० वर्षका महेन्द्र कार्की, अन्दाजी वर्ष २६ की सुचना कार्की,  वर्ष ६५ का धनबहादुर कार्की, अन्दाजी वर्ष ४० की बसुन्धरा कार्की, अन्दाजी वर्ष ४५ का भूमि कार्की, अन्न्दाजी वर्ष २५ की मीना बस्नेत,  वर्ष ३० की तुलसी कार्की र अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की रहेका छन् ।

दुर्घटनामा इस्मा गाउँपालिका ५ दोबाटोका २५ वर्षीय रेशम थापा, सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना रहेका छन् । दुर्घटनामा परेका अन्दाजी ६० वर्षका धनबहादुर कार्की भने अझै हराइरहेका छन् । घाइतेहरुको उपचारका लागि काठमाडौ लैजाने तयारी छ । बुर्तिबाङतर्फ १८ जना यात्रु बाकेर जाँदै गरेको  ग १ ज ५२१९ नम्बरको जीप भीमगिठेमा भीरबाट तल खस्दा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*