हेटौंडामा सदस्य केन्द्रीयता सुचकाङ्क अभिमुखिकरण

१७ मंसिर २०७६, मंगलवार १५:४२

सिधाखबर \ हेटौंडामा एक दिवसिय सदस्य केन्द्रीयता सुचकाङ्क अभिमुखिकरण कार्यक्रम भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)को मकवानपुर फिल्ड कार्यालयको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा मकवानपुर जिल्लामा रहेका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति वा व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कुनको क्षेत्रिय कार्यालय चितवनका वरिष्ठ अधिकृत केशव दाहालले सहजीकरण गर्नुभएको थियो । उनले सहकारी संस्था आफ्ना शेयर सदस्य केन्द्रीत रहि काम गरेको छ या छैन्, व्यक्ती विषेश गरेको छ कि विधि र नियममा कार्य गरेको छ कि छैन भन्ने कुरा यस अभिमुखिकरणबाट थाहा हुने बताए । उनले संस्था जहिल्यै पनि शेयर सदस्य केन्द्रीत भई काम गर्नुपर्ने बताए । सदस्यलाई खुसी बनाएको छ भने केन्द्रीय सुचकाङ्क ठिक छ नत्र बेठिक रहेको बताए । यो तालिम पश्चात सदस्य पहिचानमा ठुलो टेवा पुग्ने र सदस्यप्रतिको व्यवहार परिवर्तन हुने बताए ।

कार्यक्रम नेफ्स्कुन मकवानपुर फिल्ड उपसमितिका सदस्य विरेन्द्र प्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको थियो भने जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका उपाध्यक्ष मिना चौरेलको अतिथ्यता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा ५६ जनाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*