तिन नम्बर प्रदेश सरकारले पाँच जिल्लामा बाख्रा अनुसंधान र विस्तार कार्यक्रम गर्ने

१७ मंसिर २०७६, मंगलवार १८:३३

प्रदेश नम्बर–३ सरकारले मकवानपुर सहितका पाँच जिल्लामा बाख्रा अनुसंधान र विस्तार कार्यक्रम गर्न लागेको छ । प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मकवानपुर, चितवन, धादिङ्, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका किसानलाई लक्षित गर्दै यो कार्यक्रम गर्न लागेको हो । प्रदेश मन्त्रालयले कृषक समुह, सहकारी र निजी क्षेत्रसंगको साझेदारीमा बृहत्तर बाख्रा अनुसंधान, विस्तार तथा विकास कार्यक्रम गर्न लागेको छ ।

कार्यक्रमका लागि मन्त्रालयले चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ वजेट छुट्याएको छ । कार्यक्रम मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, भिमफेदी गाउँपालिका, चितवन जिल्लाको राप्ति नगरपालिका, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका, सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी गाउँपालिका र धादिङ्ग जिल्लाको बेनीघाट रोराङ्ग गाउँपालिकाका किसानलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*