१३ जिल्लालाई दूध, माछा मासु र अण्डामा आत्मनिर्भर वनाईदै

१७ मंसिर २०७६, मंगलवार १८:३५

प्रदेश नम्बर–३ का १३ जिल्लालाई दूध, माछा मासु र अण्डामा आत्मनिर्भर वनाउन लागिएको छ । प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले दूध र मासुजन्य पदार्थमा आत्म निर्भर वनाउन लागेको हो । दूधमा आत्मनिर्भर वनाउनका लागि गाई पालनमा अनुदान, अण्डा र मासुमा आत्म निर्भर वनाउनका लागि माछा पालन, बाख्रा पालन र कुखुरा पालनमा अनुदानका कार्यक्रम राखिएको छ । प्रदेश सरकारले दाना उद्योग स्थाना गरेर थप रोजगारी सृजना गर्न लागेको छ । दुग्ध सहकारी मार्फत मकवानपुर गढी र चितवन जिल्लामा दाना उद्योग स्थापना गरेर रोजगारी सृजनागर्न लागिएको प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*