दुई वटा गाउँपालिकामा एकीकृत बस्ती निर्माण

१७ मंसिर २०७६, मंगलवार १८:३७

मकवानपुरको दुई वटा गाउँपालिकामा एकीकृत बस्ती निर्माणका लागि प्रकृया अघि बढेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा बन्ने एकीकृत बस्तीका लागि प्रारम्भिक योजना स्वीकृत गरेको हो । प्राधिकरण कार्यकारी समितिको बैठकले मकवानपुरको यी दुई गाउँपालिकाका दश–दश भूकम्प प्रभावितलाई एकीकृत बस्तीमा राख्ने निर्णय गरेको हो । राक्सिराङ ५, चुरिडाँडाटोलका १० भूकम्पपीडित घरधुरीले मनहरी गाउँपालिका ६, जोगीतालमा एकीकृत बस्ती बसाल्दैछन् । कैशाल–१० को न्याम्सेढुंगाटोलका १० भूकम्पपीडित घरधुरीले पनि सोही वडाको बमलटारमा एकीकृत बस्ती विकास गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*