हेटौडामा खुल्यो पहिलो पाईला शिशु स्याहार केन्द्र

महिलाहरुद्धरा संचालीत शिशु स्याहार केन्द्र मंसीर अन्तिम सातादेखी संचालनमा आउने
२२ मंसिर २०७६, आईतवार १५:१३

हेटौडामा पहिलो पाईला शिशु स्याहार केन्द्र संचालनमा आउने भएको छ । हेटौडा ११ नवलपुरमा लामो समयदेखी संचालन भैरहेको हेटौडा एकेडेमी आवाशिय माबिकै संचालक समितिले बजार क्षेत्रका अबिभाबक तथा बिधार्थीहरुको भनाईलाई मध्येनजर गर्दै शिशु स्याहार केन्द्रलाई हेटौडा ५ मा रहेको पुष्पलाल पार्क स्थित आफनै भबनबाट संचालन गर्न लागेको हो । यो शिशु स्याहार केन्द्र पुर्ण रुपमा महिलाहरुद्धरा संचालन गरीने छ ।

मंसीरको अन्तिम सातादेखी संचालनमा आउन लागेको यो शिशु स्याहार केन्द्रमा अनुभबी शिक्षिकाहरुले अध्यापन गराउनेछन् । बिशेषगरी पुर्ण रुपमा मन्टेश्वरी बेष्डमा अध्ययान गराईने यो केन्द्रमा प्ले ग्रुप,नर्सरी तथा एलकेजी कक्षा अध्यान गराईने शिशु स्याहार केन्दकी संचालीका अंकीता सुमार्गीले बताउनु भयो । रमणीय तथा सफा वातबरणमा बालबच्चाहरुको मानसिकता अनुसार पुर्ण रुपमा नेपाली संस्कार सिकाईने यो केन्द्रमा बिहान ८.३० देखी अपरान्ह ४ बजे सम्म आफना बालबच्चाहरु अध्यान गराउन सकिने सुमार्गीले बताउनु भयो ।

खास गरी ब्यस्त दमपतीहरुको लागी आफना बालबच्चा ढुक्क संग यहाँ राख्न सकिने सुमार्गीले बताउनु भयो । हामी बच्चाहरुको ग्यारेण्टीका साथ हेरबिचार तथा गुणस्थरीय शिक्षादिक्षा दिने छौ यसमा कुनै कमजोरीहुनेछैन उहाँले बताउनु भयो । केन्द्रमा स्वीमीगङ्गपुलका साथै बालबच्चाहरुलाई खेल्ने वाताबरणको ब्यबस्था,अतिरिक्तकृयाकलाप संगै घरघरमा बससेवा समेत ब्यबस्था रहेको सुमार्गीले बताउनु भयो । साथै बिभिन्न परिकारका स्वस्थ हाईजनिक खाना खाजा दैनिक तिन पटक खुवाईने समेत उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*