२४ मंसिर २०७६, मंगलवार १९:३१
October 1, 2020

चुरियामाईका महिलालाई कानुनी परामर्श

२४ मंसिर २०७६, मंगलवार १९:३१

सिधाखबर \  हेटौंडाका युवा महिलाहरुलाई कानुनी परामर्श दिइएको छ । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज हेटौंडा १५ चुरियामाई भोर्लेमा कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम गरी कानुनी विषयमा जानकारी गराइएको थियो ।

महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा वडा १५ का अध्यक्ष महारत्न लामाको प्रमुख अतिथ्यता रहेको थियो । हेटौंडा उपमहानगरपालिका, ग्रामिण महिला सेवा केन्द्र, प्लान ईन्टरनेशनलको सहकार्यमा भएको कार्यक्रममा चुरियामाईका ५० जना युवा महिलाहरुको सहभागिता रहेको सहकारी संस्थाका व्यवस्थापक माया लामाले बताईन्, ।

हेटौंडा उपमहानगरका न्यायिक समितिका अधिवक्ता मनप्रसाद भट्टराईले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा वडा १५ का वडा सदस्य कुमारी श्रेष्ठ, पातलीमाया गोङ्वा, मिनु विक, पर्स बहादुर भुजेल,ग्रामिण महिला सेवा केन्द्रका उपाध्यक्ष मेनुका दाहाल वडा १५का टोल विकास समन्वय समितिका संयोजक सिंह बहादुर विक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष जुना दंगालको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*