२५ मंसिर २०७६, बुधबार ११:५२
October 1, 2020

लक्की मिडिया हाउसले गर्यो कलाकार तथा व्यवसायीलाई सम्मान

२५ मंसिर २०७६, बुधबार ११:५२

सिधाखबर,चितवन \ लक्की मिडिया हाउस चितवनले नेपाली सिने तथा कला क्षेत्रका कलाकार तथा स्थानिय उद्योगी व्यवसायीलाई सम्मान गरेको छ । चलचित्र कबड्डी कबड्डी कबड्डी को विशेष शो अवसर पारेर विभिन्न क्षेत्रमा विशेष योगदान दिनुभएका व्यक्तिहरुलाई भरतपुरको सिजील्याण्डमार्कको चितवन सिनेप्लेक्समा सम्मान गरिएको हो । वरिष्ठ हास्यँकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा चितवनका युवाउद्यमी तथा समाजसेवी रुविन रामुदामु कार्यक्रमको विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा हाँस्य कलाकार राजाराम पौडेल, कलाकार लक्ष्मी गिरी सहित कलाकारमा चर्चित अभिनेत्री एवं निर्मात्री रोशनी केसी , चर्चित अभिनेत्री वर्षा राउत र रंगपत्रकार बिना श्रेष्ठ सम्मानित भएका थिए । युवा व्यवसायी तथा समाजसेवी अर्जुन रानाभाट ,समाजसेवी तथा राजनीतिज्ञ कमलप्रसाद पराजुली र साइकल अभियन्ता रुक्मिणी सापकोटा सम्मानित भएका थिए । उनीहरुलाई खादा, प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले मोफसलमा गरिने यस्ता कार्यक्रमले कलाकारलाई उर्जा मिल्नुको साथै कलाकारिता क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने बताए । कलाकारिता क्षेत्रको विकास र प्रर्वद्धनमा लक्की मिडिया हाउसले गरेको सम्मान तथा विशेष शोको उनले प्रशंसा गरेका थिए । सोही अवसरमा बोल्दै लक्की मिडिया हाउसका चितवनका अध्यक्ष बाबुराम अधिकारीले विगतका गरिएका कार्यक्रमलाई निरन्तरता दिने उद्धेश्यले मिडिया हाउसले यस कार्यक्रमको आयोजना गरेको बताए ।

लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की“ले पछिल्लो समय कलाकारिता तथा सिने क्षेत्र धरायासी र अस्तव्यस्त भन्दै नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले विशेष शो र सम्मान कार्यक्रमको आयोजना गरिएको बताए । यसले कलाक्षेत्र र कलाकारलाई थप प्रोत्साहन मिल्ने कार्कीको भनाई छ । विगतका दिनहरुमा समेत विभिन्न क्षेत्रमा आवद्ध कलाकार, व्यवसायी, चिकित्सकलाई मिडिया हाउसले सम्मान गर्दै आएको छ । यस्ता प्रर्वद्धनात्मक कार्यक्रमले नेपाली चलचित्र उद्योग तथा कलाकारिता क्षेत्रलाई थप टेवा पुग्ने विश्वास लिएको बताए । कार्यक्रममा राष्ट्रिय कलाकार , स्थानीय उद्योगी व्यवसायी, सुरक्षा निकायका अधिकारी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*