निर्मला पन्तको हत्याकाण्डमा आधारीत ‘कोपिला’को ट्रेलर सार्बजनिक

४ पुष २०७६, शुक्रबार १५:०५

कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि भएको हत्याको बिषयमा निर्माण गरीएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्बजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटलले आफनो अफिसियल युटयुब च्यानल मार्फत चलचित्रको ट्रेलर सार्बजनिक गराएको हो । सामाजिक कथा बस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई कापिला पात्र बनाईएको छ । कोपिलाको बल्तकारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थीति ट्रेलरमा देखाईएको छ । ट्रेलरमा पत्रकार,मानब अधिकारकर्मी,राजनितिक पार्टीले बिभिन्न बहानामा कोपिलाको लासमाथि गरेको राजनितिलाई देखाईएको छ ।

शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी,गणेश गिरी र सन्जिवनी खरेलले मुख्य भुमिका निर्बाह गरेकाछन । गणेश गिरिको प्रस्तुती रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेकाहुन भने चलचित्रकोे कार्यकारी निर्मातामा सुबास काफ्ले रहेका छन । चलचित्रमा समिर मिया, रामेश्वर कार्र्की सह निर्माताको रुपमा रहेका छन । चलचित्रमा सरिता,गणेश,सन्जीवनी संगै प्रकृती खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे,अस्मिता जुरेली, प्रतिक्षा खड्का,राखी क्षेत्री लगायतको अभिनय रहेको निर्माण टिमले बताएको छ ।

चलचित्रमा रामेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहेको छ । ८० लाखको लगानीमा निर्माण भएको यो चलचित्रको सेन्सर समेत पास भैसकेको निर्देशक अधिकारीले बताएकाछन् । बल्तकारपछि हत्या भएकी कन्चलपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको कथासंग चलचित्रको कथा रहेकाले निर्मलाको परिबार संग लिखित अनुमती लिएर चलचित्र बनाईएको निर्देशक अधिकारीले बताएकाछन । चलचित्रले रिलिज डेट भने सार्बजनिक गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*