सबैको मनछुने ‘आमा’ को ट्रेलर (भिडियो सहित)

७ पुष २०७६, सोमबार १६:१५

सिधाखबर \ व्यावसायिक रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’ का निर्देशक दीपेन्द्र के. खनालको लेखन निर्देशनमा बनेको चलचित्र ‘आमा’को ट्रेलर सार्वजानिक भएको छ । आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’ को ट्रेलर सार्वजानिक भएको छ । ट्रेलर हेर्दा उनले चलचित्रमा गहन विषय उठाएको जस्तो देखिन्छ । विहीबार सार्वजानिक भएको ट्रेलरको अहिले निकै चर्चा भइरहेको छ ।

३ मिनेट ४८ सेकेण्ड लामो ट्रेलरमा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग र समर्पणसँगै श्रीमानलाई जीवन दिन एक श्रीमतीले गर्ने संघर्षपूर्ण कथालाई निकै मर्मस्पर्शी ढंगबाट देखाइएको छ । ट्रेलरमा अभिनेत्री मिथिला शर्माको अभिनय र संवादले आँखा रसाउँछ । अभिनेत्री सुरक्षा पन्तको अभिनय दमदार रहेको ट्रेलरले देखाउछ ।

शर्मिला पाण्डे निर्मित ‘आमा’ चलचित्रमा सुरक्षा र मिथिलाका अलावा फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रको गीत भुपेन्द्र खड्काले लेखेका हुन् भने चलचित्रको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालको संगीत रहेको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*