टोल विकास स्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा

१७ पुष २०७६, बिहीबार १६:५८

सिधाखबर \ टोलविकास संस्थाहरुबीच टोल विकास संस्था स्तरिय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । हेटौंडा वडा नम्बर १९ मा रहेका विभिन्न टोल विकास संस्थाहरुबीच हुने प्रतियोगिताको तयारी पुरा भएको कार्यक्रम संयोजक सफलचन्द्र कंडेलले बताए ।

पौषको १८ गते अर्थात भोली र १९ गते हुन लागेको प्रतियोगितामा १६ वटा टोल विकास संस्थाले आफ्नो नाम दर्ता गरि सकेको संयोजक कंडेलले बताए । हेटौंडा १९ वडा कार्यालयको आयोजनामा हुने प्रतियोगितालाई स्वतन्त्र युवा संङगठनले समन्वय गरेको छ ।

प्रतियोगिताका विजेताले १५ हजार ट्रफि र मेडल र उपविजेताले ७ हजार ५ सय ट्रफि, मेडल प्राप्त गर्नेछन्, । खेल अवधिभरमा उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लकर, उदयमान खेलाडी, उत्कृष्ट रेजरलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*