वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

१८ पुष २०७६, शुक्रबार १७:०१

सिधाखबर \ टोलविकास संस्थाहरुबीच टोल विकास संस्था स्तरिय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता भएको छ । वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख अतिथ्यतामा प्रतियोगिताको सुरुवात गरिएको थियो ।

वडा सदस्य ईन्दिरा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा निर्मल बहुमुखी क्याम्पसका प्रमुख सुबासचन्द्र कंडेल, विद्यालयका प्रअ प्रवोध विडारी, समाजसेवी शालिकराम अधिकारी, बस्तिपुर टोल विकासका अध्यक्ष अञ्जु पण्डित चनौटा सामूदायिक वनका अध्यक्ष रामप्रसाद पौडेल, वडा सचिव बसन्त सिटौला, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।

हेटौंडा वडा नम्बर १९ मा रहेका विभिन्न टोल विकास संस्थाहरुबीच हुने प्रतियोगिता भएको कार्यक्रम संयोजक सफलचन्द्र कंडेलले बताए । आजै ८ खेल हुने उनले बताए ।

प्रतियोगितामा १६ वटा टोल विकास संस्थाले प्रतिस्पर्धा गर्नेछन्, । हेटौंडा १९ वडा कार्यालयको आयोजनामा हुने प्रतियोगितालाई स्वतन्त्र युवा संङगठनले समन्वय गरेको छ । प्रतियोगिताका विजेताले १५ हजार ट्रफि र मेडल र उपविजेताले ७ हजार ५ सय ट्रफि, मेडल प्राप्त गर्नेछन्, ।

खेल अवधिभरमा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्ड, उत्कृष्ट उदयमान खेलाडी, उत्कृष्ट रेजर, उत्कृष्ट सटर, उत्कृष्ट बलर लाई पनि ट्रफि प्रदान गरिने वडा सचिव बसन्त सिटौलाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*