वडा अध्यक्ष कप भलिबलमा अन्तिम चारमा पुगे यी टोल विकास

१८ पुष २०७६, शुक्रबार १९:२२

सिधाखबर \  हेटौंडा १९ मा रहेका टोल विकास संस्था स्तरीय वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा क्याम्पाडाँडा टोल विकास संस्था सेमीफाइनलमा प्रवेश गरेको छ । आज बाट सुरु भएको प्रतियोगिताको क्वाटरफाइनलमा मौवाटार टोल विकास संस्थालाई २६ : २४, २० : २५ र १९ : २१ को सेटमा पराजित गर्दै क्याम्पाडाँडाले अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो खेलमा क्याम्पाडाँडाले गुम्बाटोल टोल विकास संस्थालाई २५ : १२, २५ : २१ को सेटमा हराएको थियो । पहिलो दिन ८ खेल भएका छन् । शुक्रबार भएको खेलमा मौवाटार टोल विकास संस्थाले बड््गाउँले टोल विकास संस्थालाई २५ : १४, २५ : १५ को सेटमा हराएको छ ।

यस्तै तपोेवन टोल विकास संस्थाले पन्ध्रसोला टोल विकास संस्थालाई २५ : ६ र २५ : ५ को सोझो सेटमा हराएको छ । बासुदेव टोल विकास संस्थाले शान्तिटोल टोल विकास संस्थालाई २५ : ८ र २५ : १६ को सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यस्तै, महादेवस्थान टोल विकास संस्थालाई लोकतान्त्रिक टोल विकास संस्थाले २५ : १४ र २५ : १२ को सेटमा पाखा लगाउँदा पुलचोक टोल विकास संस्थाले ज्यामिरेलाई २५ : ६ र २५ : १२ को सेटमा हराएको छ । जागारण टोल विकास संस्थाले प्रगतिशील टोल विकास संस्थालाई २६ : २४ र २५ : १८ को सेटमा हरायो भने सातधारा टोल विकास संस्थाले कुवापानी सिरानचोकलाई २५ : ९ र २५ : १४ को सेटमा हराएको छ । प्रतियोगिताको बाँकी खेल तथा फाइनल खेल शनिबार हुने प्रतियोगिता संयोजक सफलचन्द्र कंडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*