‘प्रदेशबासीको जीत, राजधानी हेटौंडा उचित’ भन्दै हेटौंडामा ¥याली

प्रदेश सभा भवन अगाडी सांसदहरुको ध्यानाकर्षण
२१ पुष २०७६, सोमबार १५:०८

सिधाखबर \ प्रदेश ३ को स्थायी राजधानी राख्न हेटौंडामा शान्तिपूर्ण जनदबाब स्वरुप ¥याली निकालिएको छ । हेटौंडा प्रदेश ३ को राजधानी हुन र नहुने भइरहँदा प्रदेश ३ को स्थायी हेटौंडानै कायमा हुनुपर्ने भन्दै हेटौंडा बजारमा ¥याली निकालिएको हो । मकवानपुरका विभिन्न संघसंस्थाहरुले दबाब स्वरुप सहभागिता जनाएका थिए ।

विभिन्न राजनितिक दलका भातृ संगठन, सामाजिक संस्थाहरु, पेशागत संघ संस्थाहरु, विभिन्न खेलकुद संघहरु, सहित युवाहरुले हेटौंडा राजधानी कायम गर्न ¥याली निकालेका थिए ।

Anish Aayu Baba को फोटो।

हेटौंडाको बुद्धचोकमा जम्मा भएर मकवानपुर उद्योग वाणिज्य संघ, लोकतान्त्रिक खेलकुद संघ मकवानपुर, युवासंघ ,हेटौंडा जेसिज, हेटौंडा लेडि जेसिज, हेटौंडा युवा अभियान, हेटौंडा राइडर्स क्लब, मकवानपुर जागरण अभियान, लगायत ३ दर्जन संघ संस्थाको सहभागितामा दबाबमुलक ¥याली निकालेको हो ।

¥याली हेटौंडा बजारको विभिन्न भाग हुँदै प्रदेशसभासम्म पुगेको थियो । प्रदेशबासीको जीत राजधानी हेटौंडा उचित भन्ने नाराका साथ प्रदेश सभा भवन अगाडी सांसदहरुको ध्यानाकर्षण गराइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*