शुल्क वृद्धिको विरोधमा नेवि संघद्धारा हस्ताक्षर संकलन, थप आन्दोलन गरिने

७ वर्षदेखि घाटा लागेको भनेको झण्डै साढे ४ करोड रुपैयाँ कसरी भयो घाटा ?
२३ पुष २०७६, बुधबार १७:००

सिधाखबर / मकवानपुर बहुमुखि क्याम्पसमा शुल्क वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ क्याम्पस इकाईले थप आन्दोलनको घोषणा गर्दै आज हस्ताक्षर अभियान गरेको छ ।

क्याम्पस संचालक समितिको पुस २० गते बसेको बैठकले विद्यार्थीको मासिक शुल्क ६५ प्रतिशत शुल्क वृद्धि गरेकोले तत्काल खारेज गर्न माग गरि हस्ताक्षर कार्यक्रम गरेको छ । आज र भोली दुई दिन हस्ताक्षर संकलन गरि आन्दोलन गरिएको नेवि संघ मकवानपुरका प्रवक्ता केशब खड्काले बताए ।

आन्दोलनरत विद्यार्थीहरुले क्याम्पस परिसरमा नै पत्रकार सम्मेन गरि आन्दोलनको थप कार्यक्रम बारे जानकारी समेत दिइएको थियो । नेवि संघले २४ गते सहायक क्याम्पस प्रमुखलाई क्याम्पस भित्र प्रवेश निषेध र २५ गते क्याम्पस प्रमुखलाई प्रवेश निषेध गर्ने कार्यक्रम रहेको नेवि संघ क्याम्पस ईकाइ संयोजक सन्तोष चौलागाईले बताए ।

संचालक समितिले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत, प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने निर्णय गर्नुका साथै क्याम्पस प्रवेश शुल्कमा समेत सतप्रतिशत वृद्धि गरेकोले सो निर्णय तत्काल खारेज गर्न स्ववियू मकवानपुर क्याम्पस र अन्य विद्यार्थी संगठनले समेत चरमबद्ध आन्दोलन गरिरहेका छन्, ।

नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजु खतिवडाले पत्रकार सम्मेलनमा बोल्दै ७ हजारको हाराहारीमा विद्यार्थी अध्ययन गर्ने क्याम्पसमा विपन्न वर्गदेखि सबै वर्गका विद्यार्थीहरुले अध्ययन गर्ने भएकोले सबैलाई समेट्ने गरि शुल्क तोक्नुपर्ने बताएका छन् ।

उनले क्याम्पसले ७ वर्षदेखि घाटा लागेको भनेको झण्डै साढे ४ करोड रुपैयाँ कसरी घाटा लाग्यो भन्दै त्यो रकम कहाँ गयो को–को हिस्सेदार बने भन्दै सो रकम भ्रष्टाचार भएको दाबी गरेका छन् । उनीहरुले नयाँ संचालक समिति आएपनि पारदर्शीढंगले काम कारबाही नभएको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*