राजधानी हेटौंडा पक्का, अब सुरुङ्गमार्गको काम अगाडी बढाउछु : मुख्यमन्त्री पौडेल

२६ पुष २०७६, शनिबार १६:११

सिधाखबर \ प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश ३ को राजधानी हेटौडा कायम गर्ने सहमती भएको खबर मकवानपुरबासीको लागी सबै भन्दा खुसीको खबर रहेको बताएका छन्, । शनिबार मकवानपुर उद्योग वाणिज्य संघको ५३ औ साधारण सभालाई उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले आफुहरुलाई राजधानी घोषणा गर्न नसकनेहरु भनेर गाली गर्नेहरुको मुख बन्द गरिदिएको समेत बताए ।

९० प्रतिशत सांसदहरुले हेटौडामा राजधानी राख्न उपयुक्त नभएको भनेर मत जाहेर गरेपनि अन्तत सबैको कार्य कुशलताले राजधानी हेटौडा बनाउन सफल भएको बताए । उनले ३ नम्बर प्रदेशको राजधानी हेटौडा र प्रदेशको नाम बागमती राख्ने सहमती गरिएको बताए ।

संसद भवनमा विवेकशिल साझा पार्टी बाहेक अरु सबै पार्टीहरुले हेटौडा राजधानीको लागी मत जाहेर गर्ने बताउदै अब भीमफेदी देखी कुलेखानीसम्म सुरुङ्गमार्ग निर्माण प्रकृया ७६ सालभित्रै सुरु हुने समेत बताए । सबैको साथ सहयोगबाट प्रदेशको राजधानी बनाउन सफल भएको भन्दै अब सबै पार्टी एक भएर विकास निर्माणमा लागिपर्ने बताए ।

यस्तै, साधारणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस प्रदेश ३ का प्रतिपक्ष दलका नेता माननीय ईन्द्रबहादुर बानियाले अधिकत्तम बहुमतमा हेटौडाको पक्षमा मत जाहेर गर्दै प्रदेश ३ को राजधानी घोषणा हुने बताए । उनले हेटौडा राजधानी बनाउन मुख्यमन्त्रीको प्रस्तावलाई नेपाली काग्र्रेसको संसदीय दलले समर्थन गरेका बताए । हेटौडा स्थायी राजधानी संगै प्रदेशको नाम पनि बागमती ह’ने बताए ।

नामाकरणका लागि आफूले राखेको प्रस्तावमा नेकपाले समर्थन गरेको बताउँदै बाँनियाले २ तिहाईका सरकारले निजि क्षेत्रको भावना बुझन नसकेको पनि आरोप लगाए । निजि क्षेत्र भनेको राज्यको हिस्सा रहेको बताउदै उनले उद्योग व्यवसायीको विद्येयक ल्याउदा उनिहरुसंग छलफल गरेर ल्याउनुपर्ने बताएका थिए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुश कुमार जोशीले नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा हालका केन्द्रिय सदस्य अरुणराज सुमार्गीलाई समर्थन गर्ने बताए । आफु पनि मकवानपुरबाटै केन्द्रिय समितिमा पुगेको बताउदै उनले सुमार्गीलाई अगाडी बढ्न शुभकामना समेत दिए । प्रदेशको राजधानी हेटौडा कायम हुने लगभग पक्का भएको भन्दै अब निजि क्षेत्र अगाडी बढाएको हेटौडा काठमाण्डौ जोडने सुरुङ्गमार्गलाई पनि प्रदेश सरकारले ध्यान दिन थालेकोमा खुसी व्यक्त गरे । उनले पुँजी निमार्ण गर्ने भनेको व्यवसायीहरुनै भएको बताउदै राज्यले वातावरण बनाईदिनु पर्ने समेत बताए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले प्रदेश तिनको राजधानी घोषणा संगै यो खुसी मनाउन दिप प्रज्वलनका लागी आफुहरु तिब्र तयारी अवस्थामा रहेको बताए । उनले पुर्व अध्यक्ष जोशीले बोकेको हेटौडा काठमाण्डौ जोडने सुरुङ्गमार्गको योजनालाई प्रदेश सरकारले चासोको साथ लिएर अगाडी बढ्नुपर्ने बताएका थिए ।
साधारणसभामा प्रदेश ३ का प्रदेशसभा सदस्य मुनु सिग्देल,,कुमारी मोक्तान, संविधानसभा सदस्य अनन्त पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ,केन्द्रिय सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, सुदर्शन कार्की,राजकुमार न्यौपाने,उद्यागे वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमृतचन्द्र वैदार लगाएतले साधारण सभाको सफलता संगै प्रदेश ३ को राजधानी हेटौडा हुने खबरले खुसीहुदै हेटौडाबासीहरुमा बधाईको शुभकामना दिएका थिए ।

साधारणसभाका अवसरमा मकवानपुरका ४ व्यवसायीलाई सम्मान समेत गरिएको थियो । एशोसियटतर्फ राप्ती होटल सचालकं प्रमोद श्रेष्ठ, वाणिज्यतर्फ गौतमराज शाक्य, उद्योग तर्फ विष्णुलाल महर्जन र महिला उद्यमी रीता वाइवा लामालाई सम्मान गरिएको हो । साग खेलमा विजेता हुने मकवानपुरका खेलाडी र संघका पूर्व कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

साधारणसभा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको हो । साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष कटुवालले आफनो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*