हेटौंडाको पक्षमा १०५ मत, २ जना अनुपस्थित

२७ पुष २०७६, आईतवार ११:१४

सिधाखबर \ प्रदेश ३ को प्रदेश राजधानी मकवानपुरको हेटौंडा भएको छ । प्रदेश सभामा आज भएको हेटौंडाको पक्षमा हुन्छ भन्ने पक्षमा दुई तिहाइ मत खसेकोले हेटौंडा राजधानी भएको हो । आइतबार विहान भएको मतदानमा हेटौंडाको पक्षमा एक सय पाँच मत खसेको थियो ।

प्रदेश सभामा १ सय १० जना प्रदेश सभा सदस्य रहेको छ । जस मध्ये आज एक सय ८ जना सदस्यको उपस्थिती रहेको थियो । हेटौंडा राजधानी हुन्न भन्ने पक्षमा ३ जना सदस्य रहेका थिए । राजधानीको लामो समय सम्म विवाद पश्चात आजबाट भने टुङ्गो लगाइएको छ ।

काभ्रपलाञ्चोकको धुलिखेल र मकवानपुरको हेटौंडा राजधानी को लागि प्रदेश सभामा नाम दर्ता गरिएको थियो । धुलिखेलको पक्षमा ३ मत भएकोले दुई तिहाई नपुगेकोले सभामुख सानुकुमार श्रेष्ठले धुलिखेल अस्विकृत भएको बताएका थिए ।

प्रदेशसभामा आजको मतदान प्रक्रियामा २ जना सदस्य भने अनुपस्थित रहेका थिए । प्रदेश ३ को राजधानी हेटौंडा भए संगै नाम बाग्मती रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*