हेटौडाका एनएस सिनेमाहल संचालक ढकाल,चलिचत्र संघको केन्द्रिय सदस्यमा निर्वाचित

२७ पुष २०७६, आईतवार १३:२३

हेटौडाका एनएस सिनेमाहल संचालक कैलाश ढकाल नेपाल चलिचत्र संघको केन्द्रिय सदस्यमा निर्वाचित भएकाछन् । चलचित्र प्रदर्शक,एकल पर्दा हल,मल्टिप्लेक्स तथा बितरकहरुको छाता सङठन नेपाल चलिचत्र संघको ४६ औं साधारण सभाबाट ढकाल ३ बर्षको लागी कार्यसमिति सदस्यमा निर्वाचित भएकाहुन । निर्वाचीत भएपछि ढकालले समग्र हलसंचालक तथा चलचित्रकर्मीहरुको पक्षमा काम गर्ने बताएकाछन् । उनले निर्वाचित भएपछि पछि चलचित्र संघमार्फत बिभिन्न कार्य गर्ने बताएकाछन् ।

बक्सअफिस प्रणालीलाई सिष्टमेटीक बनाउने,नेपाली सिनेमा जुधाउने प्रबृतीलाई बन्द गर्ने,हिन्दी चलचित्रलाई पनि आवश्यक अनुसार प्रर्दशनमा ल्याउने ,राज्यले हलवालाई लिदै आएको कर घटाउन सरकार समक्ष माग गर्ने जथाभाबी हल खोल्ने कार्य बन्द गराउने अनि आबश्यक ठाउमा मात्र हल संचालनको अनुमती दिन राज्यलाई घचघचाउने लगाएतका कार्यहरु गर्ने ढकालले बताए । उनले सामाजीक संजाल फेसबुक मार्फत आफुलाई केन्द्रीय कार्यसमिती सदस्यमा निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यबाद दिएकाछन् ।

संघको अध्यक्षमा मधुसुदन प्रधान निर्बाचित भएकाछन् भने सदस्यहरुमा गोपालकाजी कायस्थ,भास्कर ढुंगाना,अर्जुन श्रेष्ठ,अशोक शर्मा,कैलाश ढकाल,गोबिन्द बहादुर शाही,कपिल प्रसाद द्वा,कुबेर शर्मा,निरक कार्की,देबेन्द्र खड्गी,निरज गुप्ता,त्रीरत्न मानन्धर,बिक्रम पराजुली रहेका छन भने पुर्वान्चल सभापतिमा चैतन्य बराल,पश्चिमाञ्चल सभापतिमा ॐ प्रकाश जैसी,मध्य सुदुर पश्चिमाञ्चल सभापतिमा डक्टर सिङ गुरुङ निर्वाचित भएकाछन् । उपत्यका सभापतिमा मदनमान बज्राचार्य रहेकाछन भने पदाधिकारी चयन कार्यसमितिले नै गर्ने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*