स्थायी राजधानी हेटौंडा कायम भएकोमा हेटौडा भेट्रान्सको स्वागत

२७ पुष २०७६, आईतवार २०:१३

प्रदेश ३ को स्थायी राजधानी मकवानपुरको हेटौंडा कायम गरेकोमा हेटौडा भेट्रान्स कलबले यो कदमको स्वगत गरेको छ । प्रदेश सभामा आज भएको हेटौंडाको पक्षमा बहुमत ल्यार्ई राजधानी तोकिएको भन्दै हेटौडा भेट्रान्सले स्वागत गरेको हो । हेटौडा भेट्रान्सका अध्यक्ष दिपक बज्रचार्यले हेटौडालाई बागमती प्रदेशको राजधानी घोषणा गरेकोमा सम्पुर्ण सांसदहरु तथा राजनितिक दलहरुमा हार्दीक धन्यबाद तथा आभार ब्यक्त गर्नु भयो । उहाँले अब हेटौडामा अझ धेरै खेलकुदका कार्यक्रमहरु आयोजना हुने र यहाँका खेलाडीहरुमा अबसर संगै हौसला मिल्ने बताउनु भयो ।

स्थायी राजधानी भएपछि मकवानपुरको खेलकुद क्षेत्रले पनि फड्को मार्ने उहाँले बताउनु भयो । हेटौडा भेट्रान्स कलबमा ४० बर्ष माथि उमेर समुहका ४० जना बढी सदस्यहरु रहेको कोषाध्यक्ष रमेश उप्रेतीले बताउनु भयो । हेटौडा भेट्रान्सले केही दिन अगाडीमात्र भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगीता आयोजना सम्पन्न गरेको थियो । स्थायी राजधानीले हामी खेलप्रेमीहरुको पनि हौशला मिलाएको छ,खुसी बाडेको छ हेटौडा भेट्रान्सले यसको खुलेर खुसी ब्यक्त गर्दछ उपाध्यक्ष नबराज बज्रचार्यल बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*