प्रदेशको राजधानी हेटौडा बनाईएकोमा केन्द्रिय सदस्य सुमार्गीको स्वागत

२७ पुष २०७६, आईतवार २०:२८

हेटौडालाई बागमती प्रदेशको राजधानी बनाईएकोमा नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले स्वागत योग्य बताएकाछन् । सामाजीक संजाल फेशबुक मार्फत उहाँले मकवानपुरबासिहरुमा बधाई समेत ब्यक्त गर्नु भएको छ । उहाँले हेटौडा प्रदेशको राजधानी निर्णय गर्ने सम्पुर्ण राजनितिक दल तथा सांसदहरुमा हार्दीक आभार समेत ब्यक्त गर्नु भएको छ ।

स्थायी राजधानीले समपुर्ण ब्यबसायी तथा मकवानपुरबासिहरुमा हर्षउल्लास छाएको छ यसले अब मकवानपुरको बिकाशमा ठुलो फडको मार्ने समेत ब्यक्त गर्नुभयो । प्रदेशको राजधानी कायम गराएरै छाडने मुख्यमन्त्री डोरमणि पौडेल,प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानिया लगाएत सम्पुर्ण माननियहरुमा हार्दीक धन्यबाद समेत उहाँले ब्यक्त गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*