विपद् जोखिम न्युनिकरण सचेतनामुलक कार्यक्रम

२८ पुष २०७६, सोमबार १६:४०

सिधाखबर \ सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौडाको आयोजनामा आज विपद् जोखिम न्युनिकरण सचेतनामुलक कार्यक्रम भएको छ ।

सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टको सभाध्यक्षमा केन्द्रको कार्यालय पशुपतिनगरमा आयोजना गरिएको सचेतनामुलक कार्यक्रमलाई गुल्मका प्रदेश प्रमुख प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवले सहजीकरण गरेका थिए । प्रदेश विपद् व्यवस्थापन गुल्म गठन पश्चात यो नै पहिलो कार्यक्रम रहेको जानकारी गराउदै निरीक्षक यादवले समुदाय र प्रहरी हातेमालो गरेर अघी बढन सके विपद् न्युनिकरण गर्न सफल हुने बताए ।

त्यसैगरी केन्द्रका अध्यक्ष राम विष्ट,निवर्तमान अध्यक्ष कुमार पौडेल,इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहले विपद् न्युनिकरणमा सामुदायिक सेवा केन्द्र मकवानपुरले गरेका गतिविधि र आगामी कार्यक्रम बारे स्पष्ट पारेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र,विभिन्न संघरसंस्था लगायत सरोकार व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*