चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिब पुन सर्वसम्मत चयन

२८ पुष २०७६, सोमबार १८:५९

चलचित्र पत्रकार संघ दाङको चौथो अधिबेशन सोमबार समपन्न भएको छ । अधिबेशनबाट शिव पुन सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन्। यस अघि उनि संघको कोषाध्यक्ष रहेका थिए । यस्तै संघको उपाध्यक्षमा सन्तोष केसि,सचिवमा पुर्ण केसि,सह सचिवमा निरला अर्याल गैरे,कोषाध्यक्षमा तिर्थराज चौधरी सर्वसम्मत निर्वाचित भएका हुन । नौ सदस्यीय कार्यसमिति रहेको सदस्यहरूमा भुपेस वलि,मिना खड्का,राजेश खत्रि र आशिष केसि रहेका छन ।

संघका अध्यक्ष ध्रवराज न्यौपानेको अध्यक्षता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा अमर गिरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संघका केन्द्रीय संगठन उपाध्यक्ष दिनेश सिटौलाको विशिष्ठ आतिथ्यता रहेको थियो । यसैविच अधिवेशनका अवसरमा ११ हजार १ सय ११ रूपैया राशिको देवलोचन रङ्ग पत्रकारिता पुरस्कार वाट सन्तोष केसी पुरस्कृत भएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*