बासुदेव सभागृह भत्काउन म दिन्न: अध्यक्ष थापा

एमसिसिले नेपाललाई अफ्ठ्यारो हुन्न
४ माघ २०७६, शनिबार १६:१४

 सिधाखबर \ राज्यकै रकममा निर्माण भएको हेटौंडा हुप्रचौरमा निर्माण भएको बासुदेब सभागृह भत्काउन आफु नदिने राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले बताएका छन्, । केहि समय यता प्रदेश सरकारले सभागृह भत्काएर भ्यु टावर निर्माण गर्ने भनि सञ्चारमाध्यम आएकोले यो सभागृह कुनैपनि हालतमा भत्काउन नदिने उनले बताएका हुन्, ।

हेटौंडामा प्रदेश स्तरीय टे«ड युनियन महासंघ नेपाल (टुकोन)को श्रमिक भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले आफ्नै पालामा राजा ज्ञानेन्द्रको नाम बाट सञ्चालित रहेको त्यो सभागृह पछि मकवानपुरे शहिद बासुदेवको नाममा परिणत भएको बताउदैं यो प्रदेश सरकारले सभागृह नजिक रहेको राजा विरेन्द्र र सभागृह भत्काउने प्रति आफ्नो आपत्ती रहेको बताए । दुई तिहाईको यो सरकारमा विचित्रको रहर जागेको हुनाले बिना काममा भ्यु टावर निर्माण गर्ने भनिरहेको बताए ।

एमसिसिको बारे बताउदैं अध्यक्ष थापाले यो एमसिसिले नेपाललाई कुनै अफ्ठयारो नबनाउने बताए । अमेरिकाले आर्थिक, सामाजिक र पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बेला भुकम्पको बेला नेपालमा पुगेको क्षतिको अवस्था हेरेर सम्झौता भएको र यति खेर कार्यान्यवनको बेलामा सकारात्मक र नकारात्मक विरोध भइरहेको उनले बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यो सरकारलाई सविधान अनुसार रित्त रहेको सभामुख पदमा चुनाव गरि सभा सञ्चालन गर्न आग्रह गरे । पार्टीभित्रको आन्तरिक मतभेदले गर्दा यो समस्या बढ्दै गइरहेको बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री लगायत प्रदेश सभा सदस्यलाई बधाई दिदैं अध्यक्ष थापाले राजधानी हेटौंडा राख्न सफल भएकोले अब हेटौंडा उपमहानगरपालिकाले योजनाबद्ध कार्ययोजना तयार पारी विकासका काम गरिनुपर्ने बताए । हाललाई हेटौंडामा यातायात क्षेत्रमा नसुविधा रहेको र केहि वर्षभित्रमा द्रुतमार्ग र धरानचतरा निर्माण पछि सहज रहने बताए ।

प्रदेश सरकारले अब हेटौंडा काठमाडौं सुरुङमार्ग निर्माणमा लाग्नुपर्ने बताएका छन्, । केहि व्यक्ती र समूहले आफ्नो नीच स्वार्थको लागि बनाउन लागेता पनि अफसल भइरहेको अवस्थामा प्रदेश सरकारले छिट्टै सुरुङमार्गको काम बढाउन अनुरोध गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*