आदिवासी जनजाती संघ हेटौंडामा हर्करत्नको नेतृत्व

४ माघ २०७६, शनिबार १६:३७

हेटौंडा \  नेपाली कांग्रेस निकट नेपाल आदिवासी जनजाती संघ हेटौंडा उपमहानगर समितिको अध्यक्षमा हर्करत्न लामा चयन भएका छन् । शनिवार नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको भेलाले लामाको अध्यक्षतामा २५ सदस्यीय नगर समिति चयन गरेको हो ।

भेलाले समितिको उपाध्यक्षमा सुश्मा श्रेष्ठ, सचिव शर्मिला मुक्तान, सह–सचिव बुद्धिलाल स्याङतान र कोषाध्यक्षमा नितेश लामालाई चयन गरेको छ । यसैगरी समितिको सदस्यहरुमा रेशमकुमार श्रेष्ठ, अर्जुनलाल श्रेष्ठ, मनोज थिङ, राजेश श्रेष्ठ, मिना लामा, जोगमाया तामाङ, अशोक डिमडुङ, कमला लामा, रोशन गोले, प्रेम गुरुङ, डोल्मा स्याङबो, लवाङ लामा, गणेश मुक्तान, धनराज प्रजा, बुद्धिमान वाइवा, बिमला थिङ, पारसमणी थिङ, प्रेमजी श्रेष्ठ, कञ्चन राई र लक्ष्मण हिरक मगर रहेका छन् ।

जनजाती आदिवासी विभाग मकवानपुरका अध्यक्ष भिमबहादुर भोम्जनको सभाध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतित्थ्यता रहेको थियो ।

भेलामा नेपाली कांग्रस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्यहरु राजिव सुवेदी, अम्रिता थापा मगर, मिरा स्याङतान, भिमसेन महत, नगरसभापति आनन्दराम पराजुली, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, एक नम्बर वडा अध्यक्ष सविन न्यौपाने, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*