सूचना प्रविधि विधेयकको विरुद्धमा कांग्रेस मकवानपुरले बुझायो प्रमलाई विरोधपत्र

५ माघ २०७६, आईतवार १६:०१

सिधाखबर \ प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेस मकवानपुरले सूचना प्रविधि विधेयकविरुद्ध जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत सरकारलाई विरोधपत्र बुझाएको छ । विधेयक सच्याउन माग गर्दै जिल्ला पार्टी कार्यालय हेटौंडामा भेला भएर कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको समुपस्थितिमा जिल्ला तहका नेता तथा कार्यकर्ता जुलुससहित जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेका थिए ।

गत पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालनसम्बन्धी विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन् हुने निष्कर्ष निकालेको थियो । उक्त निर्णय अनुसार नै जिल्ला प्रशासन कार्यालयमार्फत बिरोध पत्र बुझाइएको कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाले जानकारी दिनुभयो । लामाले संविधान विरोधी र जनतालाई नकारात्मक असर पर्ने बिधेयकहरु अघि बढाउँदा देश राणकालिन अवस्थामा पुग्ने भन्दै कांग्रेसले विरोध जनाएर पारित हुन नदिने बताउनुभयो ।


सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ । विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ, जसमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका विवादास्पद प्रावधान समेत छ । आईतबार नेपाली कांग्रेसले एकसाथ ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*