आन्दोलनको विषयमा नेविसंघ केन्द्रीय समितिको ध्यानाकर्षण

७ माघ २०७६, मंगलवार ११:२४

सिधाखबर \ मकवानपुर बहुमुखी क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडामा विद्यार्थीहरुले विभिन्न माग राख्दै गरेको आन्दोलनको विषयमा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले ध्यानाकर्षण जनाएको छ । विज्ञप्ती जारी गर्दै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले विद्यार्थीहरुले राखेका मागहरुलाई शथाशिघ्र सम्बोधन गर्न माग गरेको छ ।

संघका मुख्य सचिव डिल्लीराज हमालद्धारा हस्ताक्षरित विज्ञप्तीमा विद्यार्थीले राखेका मागहरु पुरा गर्न क्याम्पस प्रशासन गम्भीर रुपमा नलाग्ने हो भने आन्दोलनका कार्यक्रमहरुलाई थप सशक्त रुपमा अघि बढाइने चेतावनी दिइएको छ । शुल्क वृद्धिको विरुद्धमा मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरु १५ दिन देखि आन्दोलनमा रहेका छन्, ।

भर्ना शुल्कमा शतप्रतिशत वृद्धि गरिएको र माशिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा रहेका छन्, । त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लिएको वन विज्ञान स्नातक तहको प्रवेश परिक्षाबाट छनोट भएका विद्यार्थीहरुको भर्ना कार्यक्रम राजनितिक दवावका कारण अवरुद्ध पारिएके र उक्त भर्ना कार्यक्रम समयमै सञ्चालन गर्न नेविसंघ केन्द्रीय समितिले माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*