रेडियो र सहकारीको वार्षिकोत्सवमा यस्ता कार्यक्रम गरिदैं

१२ माघ २०७६, आईतवार १८:५६

सिधाखबर \ दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित हेटौंडाको पहिलो सामुदायिक रेडियोको रुपमा रहेको रेडियो मकवानपुरको दशौं वार्षिकोत्सव तथा सहकारीको २२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरिने भएको छ । आइतबार पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारी दिइएको थियो ।

संस्थाका अध्यक्ष महालक्ष्मी डिना उपाध्यायले माघ १५ गते मिडिया र सहकारीको सम्बन्ध विषयक अन्तरक्रिया, १६ गते सहकारी सम्बन्धी अन्तरमावि कविता प्रतियोगिता र दिव्यतारा सहकारीको कमानेमा शाखा कार्यालय उ द्घाटन गरिने कार्यक्रम रहेको बताईन्, ।

उनले १७ र १८ गते रेडियो मकवानपुर कप फुटसल प्रतियोगिता गर्ने भने १८ गते मनहरी गाउँपालिकाको वडा १ मकरीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भने १९ गते वार्षिकोत्सवको समापन तथा पुरस्कार वितरण गरिने अध्यक्ष उपाध्यायले बताईन्, ।

नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडको उपस्थितीमा समापन कार्यक्रम गरिने जनाइएको छ । समापन कार्यक्रममा सामुदायिक सम्मान २०७६ दुई जनालाई नगद १० हजार सहित सम्मान गरिनेछ भने रेडियोमकवानपुरमा कार्यरत एक जना कर्मचारीलाई पनि सम्मान गरिने रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले बताए ।

पत्रकार सम्मेलनमा रेडियोका अध्यक्ष पराजुली सहित सदस्य विष्णु खनाल, कांग्रेस नेता यतिराज सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, रेडियोका स्टेशन म्यानेजर गणेश दर्पण अधिकारी, सहकारी व्यवस्थापक रमेश कोइराला लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*