भोली राष्ट्रपति भण्डारी हेटौंडा आउदैं

१३ माघ २०७६, सोमबार ११:५२

सिधाखबर \ देशकै महत्वपुर्ण पर्यटकिय गन्तव्यका रुपमा रहेको हेटौंडाको सहिद स्मारकमा राष्ट्रपति विद्यादेवि भण्डारी आउने भएकी छिन्, । उनले स्मारकको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गरिने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारीसंगै विभिन्न देशका राजदुतहरु पनि आउने भएका छन् । राजदुतहरुले शहिद स्मारक संगै, मकवानपुर गढी लगायतका पर्यटकिय स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ । स्मारकमा राष्ट्रपति आउनुहुने भएपछी सुरक्षा व्यावस्था कडा पारिएको छ ।

स्मारमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वा्चित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वा्चित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*