बागमती प्रदेशको कांग्रेसको उपनेतामा भंडेल नियुक्त

१३ माघ २०७६, सोमबार १६:२१

सिधाखबर \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको उपनेतामा भक्तपुरबाट उपनिर्वाचनबाट निर्वाचित सांसद कृष्णलाल भडेल नियुक्त भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७४ माघ २६ गतेको बैठकद्वारा स्वीकृत प्रदेशसभा संसदीय दलको विधान अनुसार भडेललाई उपनेतामा नियुक्त गरेको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताए ।

यसअघि, संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक, सदस्य सचिव र प्रवक्ता चयन भएपनि उपनेता चयन भएको थिएन । भडेल मंसिर २१ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*