भोजपुर उद्योग वाणिज्य संघमा सम्बोधन गर्दै मउबासंघले भन्यो ! जिल्ला नगर उपाध्यक्षमा सुमार्गी हाम्रो उमेदवार

नेपाल उद्योग वाणिज्य महासंघको जम्बो टोलि संगै मकवानपुर उधोग बाणिज्य संघको टोली पनि नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा पुगेको छ । भोजपुर उद्योग वाणिज्य संघको ११ औँ वार्षिक साधारण सभाको निमन्त्रणमा सहभागि हुन जम्बो टोलि भोजपुर पुगेको हो । भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष ध्रवूलाल श्रेष्ठको सभापतित्व तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एबं विशिष्ट सदस्य तथा सार्क च्याम्बरका उपाध्यक्ष समेत रहेका चण्डीराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालका विभिन्न जिल्ला तथा नगरका उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
नव निर्मित भबनको उदघाटन गर्दै प्रमुख अतिथी ढकालले भोजपुर उधोग बाणिज्य संघले ब्यबसायीक क्षेत्रमा उल्लेख्य काम गरेको बताउदै अब यहाँका ब्यबसायीहरुको समस्या बुझेर अगाडी बढन आग्रह गर्नु भयो । कार्यक्रममा भोजपुर नगरपालीकाका मेयर कैलास मगरले यो जिल्लाको बिकाश पुर्बको कर्णाली जस्तै भएको बताउदै बिकाशमा अपेच्छित भएको गुनासो गर्नु भयो । देशको राष्ट्रपति,पुर्ब आईजीपी तथा दुई दुई जना अर्थमन्त्री पाईसकेको भएपनि भोजपुरले बिकाशमा फडको मार्न नसकेको बताउनु भयो ।
उहाँले सडक बिस्तारमा पछाडी परेको भनदै यो जिल्ला कालो अध्यारोमा परेको गुनासो गर्नु भयो । उहाँले यो जिल्लामा लगानी भित्राउन ईगित गर्दै उधोग बाणिज्य संघका केन्द्रिय प्रतिनिधि तथा जिल्ला र नगरका पधाधिकारीहरुमा आग्रह समेत गर्नु भयो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघलाई पनि निमन्त्रणा गरीएको थियो । संघका अध्यक्ष कृष्ण कटुवाल, पुर्ब अध्यक्ष एबं नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी,सचिब संतोस अर्याल लगाएतको टोलीले भोजपुर उधोग बाणिज्य संघको साधरण सभामा सहभागीता जनाएको हो । साधरण सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य सुमार्गीले आगामी नेपाल उधोग बाणिज्य महासंघको निर्बाचनमा आफुले जिल्ला नगर उधोग बाणिज्य महासंघको उपाध्यक्षमा उमेदवारी दिने घोषणा गर्नु भयो ।
उमेदवारी घोषणा संगै सुमार्गीले भोजपुर उधोग बाणिज्य संघलाई भबन निर्माणमा नपुग ५० हजार रुपैया रकम मकवानपुर उधोग बाणिज्य संघ र आफुले सहयोग गर्ने उदघोष गर्नु भयो । उहाले अहिले जिल्ला जिल्लामा भएका समस्याहरु र जिल्लाको बिकाशको बारेमा काम गर्ने बेला आएको बताउदै जिल्लाहरुमा दिगो बिकाशको लागी के के गर्न सकिन्छ भन्ने चर्चा गर्नु भयो ।
अब एजेण्डामा काम गर्नु पर्ने बताउदै उहाँले नेपालमा हुने साँस्कृतिक र धार्मीक महोत्सब बहायेक अन्य मेलामहोत्सबहरु उधोग बाणिज्य संघलेनै गर्नेगरी गृह मन्त्रालयले जारी गरेको पत्रले आफुहरुमा सफल्ताको पाटो पहिलेको बताउनु भयो । उहाँले यो पत्रलाई अब नितिगत कानुन बनाएर ल्याउनुपर्नेमा जोड दिनु भयो । जिल्लाका ब्यबसायीहरुमा धेरै समस्याहरु भैरहेको र जिल्ला तथा नगरका बिच पनि ग्याप भएको भन्दै केन्द्रिय सदस्य सुमार्गीले आफुले पुलको रुपमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै मकवानपुर उधोग बाणिज्य संघको तर्फबाट आफुले जिल्ला नगरको उपाध्यक्षमा उमेदवारी अगाडी बढाएको बताउनु भयो । कार्यक्रममा त्यस क्षेत्रमा भएका सुन्तला,कागतीका खेतीहरु संगै आफुहरुले चिया खेतीलाई अगाडी बढाउन दलगाँउ क्षेत्रमा संभाब्यताका कार्यहरु अगाडी बढाएको समेत चर्चा गर्नु भयो ।
कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघको बस्तुगत तर्फको,पश्मिना तर्फका अध्यक्षहरु,पानी ब्यबसायी संघका अध्यक्ष, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य जय सिबाकोटी, नेपाल उधोग बाणिज्य महासंघका प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र खड्का,उपाध्यक्ष राजेन्द्र राउत,जिल्ला नगरका अध्यक्षहरुमा उर्लाबारीका प्रित्म खडगी,धनकुटाका अध्यक्ष हिमनेश घिमिरे, मोरङ्ग उधोग बाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा,ईटहरीका अध्यक्ष भिम पौडेल, ईनरुवाका अध्यक्ष बिरेन्द्र शाह,नवलपरासीका अध्यक्ष केशब भण्डारी,मेची उधोग बाणिज्य संघका अध्यक्ष, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य अभिनास बोहरा,चन्द्रकान्त अधिकारी,उधोग संघका अध्यक्ष टिकाराज ढकाल लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष धुबलाल श्रेष्ठले नेपाल उधोग बाणिज्य महासंघको यो सहभागीताले आफुहरुमा ठुलो हौसला मिलेको बताउनु भयो । बि सं २०५३ मा स्थापना भएको संघलाई सबैको सहभागीता र सहयोगले आज आफनै भबनमा राखेर स्वागत गर्न र कार्यक्रम गराउन पाउदा धेरै हर्षीत भएको उहाँले बताउनु भयो । कार्यक्रममा नागरीक समाज,राजनितिक दल,सुरक्षा निकाय तथा निबर्तामान अध्यक्ष लगाएतको सहभागीता रहेको थियो ।