राष्ट्रपति भण्डारीद्धारा प्रजातान्त्रिक पार्कको समुद्घाटन

शहिद स्तम्भ र स्वर्गीय मदन भण्डारीको प्रतिमामा पुष्पगुच्छा
१४ माघ २०७६, मंगलवार १६:४०

सिधाखबर \ हेटौंडा ११ नवलपुरमा अवस्थित शहिद स्मारकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गरेकी छिन्, । प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा अनावरण गरेकी हुन्, ।

शहिद स्मारक निर्माणको २५ औं वर्षको उपलक्ष्यमा रजत जयन्ती मनाउने कार्यक्रममा सरिक भएकी राष्ट्रपति भण्डारीले चार शहिदको अमर प्रतिमाको पनि समुद्घाटन गरेकी छिन्, । उनले शहिदहरुको स्तम्भ र स्वर्गीय मदन भण्डारीको प्रतिमामा पुष्पगुच्छा अर्पण गरेकी थिईन्, ।

कार्यक्रममा राष्ट्रपति भण्डारीसंगै विभिन्न देशका राजदुतहरु, बागमती प्रदेशका प्रमुख, सभामुख सानुकुमार श्रेष्ठ, संघीय संसद कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामनारायण विडारी, प्रदेशका उपसभामुख राधिका तामाङ, नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँ, बागमती प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्य, स्थानिय जनप्रतिनिधि,सरकारी तहका उच्चस्थ कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अमरशहिदका आकृति बनाउने कलाकारहरु कमलेस महर्जन, गोविन्द चौधरी र पृथ्वी श्रेष्ठलाई सम्मान गरिएको थियो । सोही अवसरमा स्मारक समितिका व्यवस्थापक रामचन्द्र न्यौपाने र सुरुवाती चरणमा स्मारक समितिका हरिशरण सुवेदीलाई पनि राष्ट्रपतिको हातबाट सम्मानित गरिएको थियो । कार्यक्रम स्मारक समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*