भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानद्धारा सात स्रष्टा सम्मानित

सुनाम, छवि, प्रिय बन्दना, सन्ध्या देखि आगमन सम्म
१५ माघ २०७६, बुधबार १५:५७

सिधाखबर \ भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरको १२ औं वार्षिक साधारण सभामा सात जना स्रष्टालाई विभिन्न पुरस्कारले सम्मान गरेको छ । संगीतकार भीम विरागको ८६ औँ जन्मजयन्तीको अवसर पारेर साधारण सभा तथा विविध पुरस्कार प्रदान गरिएको छ ।

कवि छवि अनित्य

प्रतिष्ठानका अध्यक्ष उज्वलशर्मा भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोटको प्रमुख अतिथ्यता रहेको थियो ।

कवि शान्ति प्रियवन्दना

कार्यक्रममा बागमती प्रदेश स्तरीय ५० हजार १ नगदराशीको हर्षनर बज्राचार्य स्मृति बरिष्ठ संगितकार शुभबहादुर सुनामलाई प्रदान गरिएको छ । नेपाली सेनामा कार्यरत रहदाँ सुनामले नेपाली गीत संगीतमा संगीत भरेका छन्, ।

स्वास्थ्यकर्मी सत्यदेवी जर्गा

त्यसैगरी तुलसीमाया शिवकुमारी स्मृति नारी सृजनशील पुरस्कार २०७५बाट शान्ति प्रियवन्दनालाई नगद दश हजार एक सहित सम्मान गरिएको थियो । शिला नारी प्रतिभा पुरस्कार छमछमी सिजन ४ की विजेता मकवानपुरे चेली सन्धा आचार्यलाई नगद १५ हजार राशी सहित प्रदान गरिएको छ । चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार ११ हजार १ सय ११ नगद सहित कवि छवि अनित्यलाई प्रदान गरिएको थियो ।

शिक्षण पेशामा आवद्ध रहेका प्रविण ग्वाच्छा

त्यसैगरी सोही अवसरमा मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार स्वास्थ्यकर्मी सत्यदेवी जर्गालाई नगद १० हजार सहित सम्मान गरिएको थियो । अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार शिक्षण पेशामा आवद्ध रहेका प्रविण ग्वाच्छा लाई १० हजार १ सहित सम्मान गरिएको छ ।

छमछमी सिजन ४  विजेता  सन्धा आचार्य

कार्यक्रममा भीम मथुरा बाल प्रतिभा पुरस्कार बाल कलाकार आगमन कोईरालालाई प्रदान गरिएको छ । उनलाई राशी ७ हजार ५ सय नगद सहित सम्मान गरिएको थियो । सम्मानपश्चात सम्मानित हुनेले आफ्नो प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।

बाल कलाकार आगमन कोईराला

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, सर्जक समाजका अध्यक्ष निमेष निखील, प्रतिष्ठानका संस्थापक अध्यक्ष तुल्सी थापा, शुशिला पाण्डे, शिक्षाविद् पुरनबहादुर जोशी,समाजसेवी ज्योतीरत्न बज्रचार्य, प्रतिष्ठानमा उपाध्यक्ष कृष्ण गोपाल सिहं, महासचिव जनक लम्साल लगायतले आफ्नो भनाई राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*