अन्तरविद्यालयबीच टि-१० क्रिकेट हेटौंडामा हुदैं

१५ माघ २०७६, बुधबार १८:४१

सिधाखबर \ माघको अन्तिम सातातिर हेटौंडामा टि-१० क्रिकेट प्रतियोगिता हुने भएको छ । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता अन्तरविद्यालयबीच हुने आज पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

हेटौंडामा रहेको सोलीड्यारिटी इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष ऋषिराम आचार्यका आमा स्व. झमकमाया स्मृति कपको रुपमा अन्तरविद्यालयबीच प्रतियोगिता हुने विद्यालयका सहायक प्रध्यानाध्यापक एस.के निधनले बताए । मदन भण्डारी स्पोर्ट एकेडेमी मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

यहि माघको २७ गतेबाट सुरु हुने प्रतियोगिता ३० गते सम्म सञ्चालन रहने आयोजक विद्यालयले जनाएको छ । प्रतियोगितामा विजेताले २० हजार र उपविजेताले नगद १० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

लोकतान्त्रिक चौर हुप्राचौरमा हुने प्रतियोगितामा मकवानपुरका सामुदायिक विद्यालय र नीजि विद्यालयले सहभागिता जनाउन सकिने जनाइएको छ । पत्रकार सम्मेलनमा विद्यालयका संस्थापक ऋषिराम आचार्य, स्पोर्ट एकेडेमीका केन्द्रीय सदस्य नविन सिग्देल, जिल्ला अध्यक्ष सुरजसिंह ठकुरी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*