हेटौंडामा तेक्वान्दो खेलका लागि कर्वड हलको शिलान्यास

६० जना अट्ने क्षमताको कर्वड हल बन्ने
१६ माघ २०७६, बिहीबार १६:१७

सिधाखबर \ बागमती प्रदेशको राजधानी हेटौंडामा तेक्वान्दो खेलका लागि तेक्वान्दो कर्वड हलको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आज एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन्, ।

नेपाल तेक्वान्दो संघ मकवानपुरले कर्वड हल बनाउन लागेको हो । हेटौंडा–४ कर्रा श्रमिकपथमा निर्माण हुने कर्वड हलका लागि उपमहानगरले ७ लाख रुपैयाँ बजेट दिएको संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले बताए । उनले एक वर्षभित्र सुविधासम्पन्न कर्वड हल बनाइसक्ने बताए ।

संघले कर्वड हल निर्माणलाई पूर्णता दिलाउन ४५ लाख रुपैयाँ कुल लागत लाग्ने जनाइएको छ । कवर्ड हल बनाउन प्रदेशको सामाजिक विकास मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतका खेलकुद सम्बद्ध निकायले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष बज्राचार्यले बताए ।

करिब ६० जना अट्ने क्षमताको कर्वड हल ३२ मिटर चौडाई र ४५ मिटर उचाईको हुनेछ । कर्वड हलसहित महिला–पुरुष खेलाडीको चेञ्जिङ रुम, शौचालय, बाथरुम लगायतका संरचना निर्माण हुनेछन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*