स्थलगत कविता तथा गजल प्रतियोगिता

१७ माघ २०७६, शुक्रबार १८:५६

बकैया \  झरना साहित्यिक परिवार मकवानपुरको २४८ औँ साहित्य शृंखला अन्तर्गत शुक्रबार स्थलगत कविता तथा गजल लेखन प्रतियोगिताको आयोजना गरिएको छ । बकैया गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्र माविमा आयोजित स्थलगत कविता तथा गजल प्रतियोगितामा ३ वटा विद्यालयका १७ जना विद्यार्थीहरुको सहभागिता रहेको झरना साहित्यिक परिवारका उपाध्यक्ष चिरञ्जीवि लामिछानेले जानकारी दिए ।

महेन्द्र माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रकुमार राईको प्रमुख आतिथ्यता तथा प्रधानाध्यापक दुर्गाप्रसाद पराजुलीको विशिष्ट आतिथ्तमा भएको प्रतियोगितामा महेन्द्र मावि, जनता मावि र प्रभात माविका १७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कवितातर्फका सहभागीहरूलाई ‘वातावरणमा देखा परेका समस्याहरू तथा वातावरण संरक्षणका उपायहरू’ विषय दिइएको थियो ।

कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका सहसचिव गायत्री रुपाखेती, सदस्यहरू मञ्जु दाहाल, अमृता लामिछानेलगायतको उपस्थिति रहेको थियो । प्रतियोतितामा उत्कृष्ट हुनेहरूलाई चन्द्रकुमार राईले प्रायोजन गर्नुभएको पुरस्कार आगामी फागुन १७ गते बकैयामा आयोजना हुने झरनाको २६ औँ वार्षिकोत्सवमा प्रदान गरिने उनले बताए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*