महामन्त्रीमा मकवानपुरे नेता दाहाल

१९ माघ २०७६, आईतवार १८:३२

सिधाखबर \ नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार समेत रहेका मकवानपुरका युवा नेता प्रभात कुमार दाहाल महामन्त्रीमा नियुक्त भएका छन्, ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको महामन्त्रीमा युवा नेता दाहाल नियुक्त भएका हुन्, । नेपाली कांग्रेस केन्द्रीय समितिले उनलाई महामन्त्रीमा नियुक्त गरेको निर्णय गरिएको छ ।

लामो समयदेखि राजनीतिमा सक्रिय नेता दाहाल मकवानपुरबाट कांग्रेस महासमिति सदस्य समेत रहेका छन्, । दाहाल संगै महामन्त्रीमा तनहुँका दिपक भट्टराई, धादिङकी उर्मिला थपलिया, सिन्धुपाल्चोकका बलदेव तिमल्सिना र स्याङ्जाका युवराज पाण्डे रहेका छन्, ।

खड्का केशब को फोटो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*