यी हुन्,अजिता भुजेलको हत्यारा, जो पक्राउ परे

२१ माघ २०७६, मंगलवार १०:१४

सिधाखबर \ हेटौंडामा माघ ४ गते तेस्रो लिङ्गी अजिता भुजेलको हत्या भयो । उनको शव भेटियो हेटौंडा ५ क्याम्पाडाँडामा । उनै भुजेलको हत्या गर्ने हत्यारा मकवानपुर प्रहरी र अपराध महाशाखा टेकुको टोलीले पत्ता लगाई आज पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।

हत्यामा संलग्न भई प्रहरीले पक्राउ गरेको हेटौंडा ११ बस्ने २० वर्षकी एलिसा पाख्रिन, हेटौंडा ४ बस्ने २४ वर्षका आशिष बल, हेटौंडा १४ बस्ने २१ वर्षका ह्याक्चर भन्ने बुद्ध लामा, हेटौंडा ९ बस्ने १८ वर्षका भापु भन्ने सिमोन परियार र हेटौंडा ४ बस्ने २५ वर्षका घनटाउके भन्ने शुसिल थापामगर रहेका छन्, ।

हत्यामा गर्दा प्रयोग गरिएका ना ६ ख ६५२७ नम्बरको आइचर ट्रक र भुजेलको ओप्पो कम्पनीको मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शुसिलसिं राठौंरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*