जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीद्धारा सपथ ग्रहण

२१ माघ २०७६, मंगलवार १८:२७

सिधाखबर \ प्रदेश खेलकुद विकास परिषद्ले गते माघ ७ गते बसेको बैठकले १३ वटै जिल्ला खेलकुद विकास समितिको अध्यक्ष र सदस्य टुंगाएको छ । सोही अनुरुप १३ वटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीले मंगलबार सामाजिक विकास मन्त्रालयमा मन्त्री युवराज दुलालको उपस्थितीमा सपथ लिएका छन् ।

मन्त्री दुलालले नवनियुक्त पदाधिकारीलाई टिका र माला लगाइदिएका थिए । उनीहरुलाई प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले सपथ खुवाएका थिए ।

आज सपथ खाने अध्यक्षहरुमा मकवानपुरका सानु लामा दोङ, काठमाडौंका अरुण बस्नेत, ललितपुरका भरतप्रसाद पराजुली, भक्तपुरका श्रीभक्त काशिछवा, सिन्धुपाल्चोकका शिव देउजा,दोलखाका रोहित खड्का,रामेछापका राजेश श्रेष्ठ, सिन्धुलीका खड्क रजन मगर (धिरज), चितवनका प्रल्हाद प्रधान, धादिङका प्रतापसिं तामाङ, रसुवाका दावा तामाङ काभ्रेका मनविर लामा, नुवाकोटका बुद्धिबहादुर तामाङ रहेका छन्, । खेलकुद समितिमा १ अध्यक्ष र ४ सदस्य रहने व्यवस्था रहेको छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदी, युवा तथा खेलकुद महाशाखाका प्रमुख खुविराम अधिकारी, प्रदेशका खेलकुद विकास समितिका सदस्यहरु, खेलाडी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*