स्वर्गीय अध्यक्ष भट्टराई परिवारलाई चलचित्र पत्रकार संघले सहयोग गर्ने

२१ माघ २०७६, मंगलवार १९:५९

सिधाखबर \ नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष स्वर्गीय केशब भट्टराईको परिवारलाई आर्थिक सहयोग गरिने भएको छ । चलचित्र पत्रकार संघ मकवानपुर शाखाको मंगलबार बसेको बैठकले भट्टराई परिवारलाई नगद ५० हजार सहयोग गरिने निर्णय गरेको संघका अध्यक्ष मणिराज गौतमले बताए । संघको बैठक बसी भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्न लागेको गौतमले बताए ।

नेपाली चलचित्र क्षेत्रमा लामो समय विताएका भट्टराईको गत मंसिर २९ गते आइतबारको दिन रातीको समयमा हृदयघातका कारण निधन भएको थियो ।

भट्टराईले विभिन्न चलचित्र निर्माण तथा अभिनय समेत गरेका छन्, । ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु उनका सफल चलचित्रको रुपमा रहेको छ । भट्टराईको जन्म २०२५ मंसिर ४ मा ओखलढुंगामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*