चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा पुनः श्रेष्ठ निर्विरोध निर्वाचित

२३ माघ २०७६, बिहीबार १९:५३

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा पुनः सुमन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । बिहिबार बुटवलमा सम्पन्न संघको दोस्रो वार्षीक साधारण सभा तथा अधिवेशनले क्षेष्ठलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा सञ्जय सौगात,सचिवमा मोहन न्यौपाने,सह–सचिवमा राजिब भुषाल र कोषाध्यक्षमा रमेश अर्याल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा रविन्द्र गुप्ता, दिनेश श्रेष्ठ, फुलु सुनार र कपिल अधिकारी चयन भएका छन् ।

कृष्ण खनाल र कृष्ण भण्डारी मनोनित सदस्यमा चयन भएका छन् । नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति ओम जैसीको प्रमुख आथित्यता र नेपाल चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सचिव बैकुण्ठ पराजुलीको विशिष्ट अथित्यता रहेको थियो । अधिवेशनमा प्रेस संगठनका जिल्ला सह–संयोजक कमल रायमाझी र प्रेस युनियनका रुपन्देही सभापति रेखा भुषाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*