चपसंघ मकवानपुरद्धारा तत्कालिन विकास बोर्ड अध्यक्ष स्वर्गिय भट्टराईको परिवारलाई एक लाख एक हजारको चेक हस्तान्तरण

२६ माघ २०७६, आईतवार १६:५३

चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गिय केशब भट्टराईको परिवारलाई एक लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । स्वर्गिय केसब भट्टराई परिवार सहयोग समितिका संयोजक एवं विकाश बोर्डका पुर्व अध्यक्ष राजकुमार राईलाई चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले चेक हस्तान्तरण गर्नु भएको थियो । चेक हस्तान्तरण गर्दै अध्यक्ष गौतमले स्वर्गिय केसब भट्टराईले यो क्षेत्रमा दिनु भएको योगदान सदैब अमुल्य रहने बताउनु भयो । कार्यक्रममा स्वर्गिय केसब भट्टराईको श्रद्धान्जली सभा समेत आयोजना गरीएको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन,ब्रोकाष्टिङ एशोसिएसनका केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघका बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं,चलचित्र संघका द्धितिय उपाध्यक्ष कुवेर शर्मा,चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी,चलचित्र पत्रकार संघका केन्द्रिय महासचिव अनिल यादव,सचिव समिर बलामी, बैकुन्ठराज पराजुली सह कोषाध्यक्ष जिवन पराजुली लगायतको सहभागीता रहेको थियो ।

चलचित्र पत्रकार संघ मकवानपुरको चौथो अधिवेशका अवसरमा आईतबार तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गिय केशब भट्टराईको परिवारलाई एक लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*