चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुन: मणिराज गौतम सर्वसम्मत चयन

२६ माघ २०७६, आईतवार १६:५९

सिधाखबर \ चलचित्र पत्रकार संघ मकवानपुरको चौथो अधिवेशनले मणिराज गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दहाल,कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा रविन्द्र गौतम चयन भएका छन् ।

त्यसैगरी सदस्यमा सन्नु रिजाल, दर्शन क्षेत्रि, अमृता पराजुली र दिपक सिंह रुम्बा सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक गिरिजा अधिकारीले जानकारी दिनुभयो । चलचित्र पत्रकार संघ केन्द्रीय समितिका महासचिव अनिल यादव, सचिवद्धय समिर बलामी, बैकुन्ठराज पराजुली, सह कोषाध्यक्ष जीवन पराजुलीको उपस्थितीमा अधिवेशन गरिएको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइ, चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन,चलचित्र संघका द्धितिय उपाध्यक्ष कुबेर शर्मा, सदस्य कैलाश ढकाल, निर्वाचन समितिका सदस्य अधिवक्ता बालकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारी लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*