स्वर्गीय नेता कोईरालाको पाँचौं स्मृति दिवसमा श्रद्धाञ्जली सभा

२६ माघ २०७६, आईतवार १८:४७

 

हेटौंडा \ नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोईरालाको पाँचौं स्मृति दिवसमा नेपाली कांग्रेस मकवानपुरले आईतबार श्रद्धाञ्जली सभा गरेको छ ।

नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, सहसचिव रामबाबु बानियाँलगायतले २०६३ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि देशमा संविधान बन्ने कि नबन्ने, संघियता कायम गर्ने बारे दलहरुबीच ठुलो विवाद भइरहेको अवस्थामा पनि कोइरालाले देश तथा विदेशी शक्ति केन्द्रको विरोद्धकाबीच संविधान जारी गरेर संघीय लोकतन्त्र गणतन्त्रणलाई संस्थागत गरेको बताएका थिए ।

कोइरालाले जीवनकालमा धनसम्पति र परिवार विहिन भएर अत्यन्त सादगी जीवन बिताएको बताउँदै कोइरालाले सम्पुर्ण जीवन मुलुक तथा प्रजातन्त्रको निम्ति समर्पण गरेको बताएका थिए ।

१९९६ साल माघ २८ गते बाबु वोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट जन्मिएका कोइरालाको २०७२ साल माघ २६ गते ७७ वर्षको उमेरमा निधन भएको थियो । श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाली कांग्रेस जिल्लाका नेता तथा भातृ एवं शुभेच्छुक संघसंस्थाका पदाधिकारी, सदस्य तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*