भौतिक पूर्वाधार मन्त्री बने फुयाँल, आजै सपथ ग्रहण

२९ माघ २०७६, बुधबार १०:५३

सिधाखबर \ बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाललाई नियुक्त गरिएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाण्डौ जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित फुयाललाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा नियुक्त गर्नुभएको हो । फुयाललाई मन्त्री बनाउने टुङ्गो हिजोनै लागेको थियो । पार्टीका केन्द्र र प्रदेशका नेताहरुसंगको लामो परामर्शपछी उहाँलाई प्रदेशको सबैभन्दा ठुलो मन्त्रालय मुख्यमन्त्री पौडेलले जिम्मा लगाउन लाग्नुभएको हो ।

प्रदेश सरकार गठन भएको दुईवषको बार्षिक कार्यक्रम सकिएपछी बुधबार दिउँसो सकिए लगतै फुयालको सपथ ग्रहण गरिने मुख्यमन्त्री कार्यालय श्रोतले जानकारी दिइएको छ । तर, यसलाई आधिकारीक रुपमा बाहिर भने ल्याइएको छैन । दोस्रो वार्षिक उत्सवको कार्यक्रम भएकाले धेरैलाई फुयाल मन्त्री बन्ने आधिकारीक जानकारी बाहिर भने ल्याइएको छैन । उहाँलाई आजै दिउसो प्रदेश प्रमुखको कार्यालय सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्री कार्यालयले जानरकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*