रेडियो थाहा संचारको १२ औ वार्षिकोत्सव समारोहमा सप्ताहव्यापी कार्यक्रम

७ दिन ७ कार्यक्रमको साथमा
२९ माघ २०७६, बुधबार १३:३०

विन्दावासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ एफएमले १२ औँ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा भोलि फागुन १ गतेबाट फागुन ७ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरी मनाइने भएको छ । वार्षिकोत्सवको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत भोलि पहिलो दिन हेटौँडामा पार्किङ व्यवस्थापन विषयक अन्तरकृया हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा हुने अन्तरकृया कार्यक्रममा पछिल्लो समय हेटौँडालाई बागमति प्रदेशको राजधानी तोकिएसंगै साँघुरो सडक र बढ्दो सवारी चापलाई व्यवस्थापन गर्ने बारे छलफल हुने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिनुभएको छ । त्यस्तै, दोश्रो दिन फागुन २ गते वृहत रक्तदान हुने भएको छ ।

रेडियोले आफ्नो स्थापना समयदेखि रक्तदान गर्दै आएकोमा त्यसलाई निरन्तरता दिन हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो । फागुन ३ गते नेपाल भ्रमण वर्ष सफल पारौ, सालक संरक्षणमा भूमिका खेलौँ भन्ने नाराका साथ साइकल ¥यालि, ४ गते पत्रकार तथा हेटौँडा भेट्रान्सबीच मैत्रिपूर्ण फुटबल, ५ गते सवारी दुर्घट्ना र उपचारको व्यवस्थापन विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने म्यानेजर गौतमले बताउनु भयो । त्यस्तै, ६ गते रुपचन्द्र विष्ट र उहाँको व्यक्तित्वबारे अन्तरकृया गरिने भएको छ । वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको अन्तिम तथा ७ गते थाहा वर्ष सम्मान तथा वार्षिकोत्सव समापन कार्यक्रम हुने रेडियोले जनाएको छ ।

बि.स. २०६४ साल फागुन ७ गते हेटौँडाबाट नियमित प्रशारण शुभारम्भ गरेको रेडियो थाहा सञ्चार ९९.६ एक हजार वाट क्षमताका साथ प्रशारण भईरहेको छ । रेडियोका स्टेशन म्यानेजर गौतमका अनुसार रेडियोले बारा, पर्सा, रौतहट, चितवन, ललितपुर, धादिङ, रामेछाप, धनुषा, महोत्तरी, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका जिल्लामा समेत प्रशारण पहुँच पु¥याउन सफल भएको छ । रेडियो थाहा सञ्चार नेपालमा मात्र नभई विश्वभर सुन्न सकिने गरी अनलाइनबाट पनि विस्तार गरिएको छ । उहाँले रेडियोको स्थापनाको छोटो अवधिमा रेडियोलाई राष्ट्रियस्तरमा पहुँच विस्तारका लागि काठमण्डौँबाट २०७२ सालबाट रेडियो थाहा सञ्चार ९९.४ सहित थाहा सञ्चार नेटवर्क सञ्चालनमा ल्याईएको बताउनु भयो । हेटौँडा–९ लाम्सुरे हाइटबाट शुभारम्भ गरिएको रेडियोलाई २०७४ साल असारबाट हेटौँडा–४ अजरअमर रोडमा स्थानान्तरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*