सालक पार्कमा बिहीबार मोटरसाइकल ¥याली

भागवत अनुष्ठान २ गते बाट सुरु हुने
२९ माघ २०७६, बुधबार १९:५१

सिधाखबर \ विश्वको लोपोन्मुख सुचीमा सुचिकृत प्रजाती सालकको संरक्षण संरक्षण र पार्कको प्रवद्र्धनका लागि पार्कमा १००८ स्वर्णिम श्रीमद् भागवत भक्ती सत्संग अनुष्ठान -२०७६ को अवसरमा विहीबार मोटरसाइकल गरि प्रचार गरिने प्रचारप्रसार संयोजक नवराज न्यौपानेले बताएका छन्, ।

मोटरसाइकल ¥याली हेटौंडाको विभिन्न स्थान परिक्रमा गरि प्रचार गरिने उनले बताए । सालक पार्कबाट मकवानपुरगढी २ शिकरकटेरीबाट मक्रान्चुली, पिप्ले हुदैं क्याम्पा डाँडाबाट कमाने पुगिने र हटिया चिसापानी हुदैं गाविस चोकबाट फुर्केचौर पुगेर एक्लेखेत, ठुलदमार, राजदेवी हुदै पुन सालक पार्क आउने रुट रहेको बताए ।

फागुन २ गते बाट सुरु हुने भागवत १० गते सम्म सञ्चालन हुने आयोजक संस्था यज्ञ सम्पादन मुल समारोह समितिका संयोजक एंव चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन दाहालले बताए ।

महाशिव रात्री तथा नेपाल भ्रमण वर्ष २०२०को अवसर पारी आध्यात्मिक चिन्तनद्धारा राष्ट्र,शान्ति, लोक कल्याण समस्त जीवात्माहरुको सुख शान्तिका साथै विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि भागवत सञ्चालन गर्न लागेको संयोजक दाहालले बताए । राष्ट्रिय विभुषित नारी रत्न विदुषी सुश्री अनुराधा शास्त्रीजी प्रमुख बाचकको रुपमा रहने आयोजकले जनाएको छ ।

सालक पार्कलाई पर्यटक स्थल बनाउन पार्क परिसरमा ज्योती लिङ्ग स्थापना समेत गरिने बताइएको छ । २ गते अनुष्ठानको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समुद्घाटन गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*